‘जेरी अन टप’को दोस्रो ‘कुरौनी’ सर्वजनिक

यही असोज ३१ गते रिलिज हुने चलचित्र ‘जेरी अन टप’को दोस्रो गीत सर्वजनिक भएको छ । तामाङ सेलो भाकामा रहेको ‘कुरौनी’ बोलको गीत मा काली प्रसाद बस्कोटा र सोमिया बराइलीको आवाज रहेको छ भने शब्द तथा सङ्गीत गयाक बस्कोटाकै रहेको छ ।
आर्कषक भिडियो बनेको गीत लाइ किरण थापाले कोरियोग्राफी गरेका हुन । गीतमा अनमोल केसी,आँचल शर्मा,जसिता गुरुङ र केदार प्रसाद घिमिरे (माग्ने बुढा)लाई देख्न सकिन्छ ।
चलचित्र ‘जेरी अन टप’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन भने भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ । अभिनेत्री सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्र्को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।